टि–ट्वान्टीका नम्बर एक बलर रसिदलाई पितृशोक, बुवा बितेको भोलिपल्टै खेलमैदानमा



एजेन्सी : टि–ट्वान्टी फर्म्याटका विश्व नम्बर एक बलर रसिद खानका बुवाको निधन भएको छ । 

रसिद अष्ट्रेलियामा जारी बिग ब्यास लिग खेलीरहँदा पाकिस्तानको पेशावरमा उनका बुवा हाजी खलिलको निधन भएको हो ।

खलिलको निधन आइतबार साँझ भएको हो । बुवाको निधनपछि अष्ट्रेलियामा रहेका रसिदले ट्वीटमार्फत आफ्नो वेदना पोखेका छन् । रसिदले आफ्नो ट्वीटमा जीवनको सबैभन्दा महत्वपूर्ण व्यक्ति गुमाएको र बुवाको अभाव सँधै खट्किने उल्लेख गरेका छन् ।

आफू गहिरो शोकमा रहेको बेला पनि रसिदले सोमबारको म्याच भने खेलेका छन् ।

 

एडलेड स्ट्राइकर्सका तर्फबाट खेलिरहेका रसिदले सोमबार सिड्नी थन्डर्सविरूद्धको खेलमा विकेट पनि लिएका छन् । उनले सोमबारको खेल आफ्ना बुवालाई समर्पित गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्