स्वास्थ्य बिमा कार्यक्रमप्रति सरकारी डाक्टरकै असहयोग !



कैलाली: सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम अन्तर्गत जनतालाई आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन २०७२ चैतदेखि सरकारले कैलालीबाट स्वास्थ्य बीमा कार्यक्रम शुरु गरेको थियो ।  

 

बीमा गर्ने कुनै व्यक्तिले तोकिएको सरकारी अस्पतालबाट ओपीडी सेवा, इमर्जेन्सी, ल्याब उपचार, सामान्य अपरेशन लगायतका उपचार प्राप्त गर्न व्यवस्था छ भने सरकारले तोकेको निःशुल्क औषधि प्राप्त गर्न सक्ने व्यवस्था पनि छ । स्वास्थ्य बीमा गर्न ५ सदस्य भएको परिवारले वार्षिक २ हजार ५ सय रुपैयाँ प्रिमियम तिर्नुपर्छ ।

 

सुदूरपश्चिम प्रदेश कार्यालय कैलाली अन्र्तगत स्वास्थ्य बीमा कार्यक्रम लागू भएका पाचँ जिल्ला कैलाली, बैतडी, अछाम, बाजुरा र बझाङमा हाल सम्म २६ हजार ५४ परिवारका एक लाख ५१ हजार ५ सय ६३ जनाले स्वास्थ्य बिमा गराएका छन् ।

 

बिमा नियम अनुसार हालसम्म अति गरिब १६ हजार ६ सय परिवारले निशुल्क  बिमा गरेका छन् भने शुल्क तिर्न सक्ने ९ हजार ४ सय ५४ परिवारले स्वास्थ्य बिमा गरेको तथ्याङक छ । स्वास्थ्य बिमा सुरु भएको चार बर्ष बित्नै लाग्दा लक्ष्य अनुसार हुन नसकेको कैलाली जिल्ला दर्ता अधिकारी दिपक बिष्टले बताए ।

 

सेवा प्रदायक सरकारी अस्पतालहरुको लापरबाहीले सेवा प्रभावकारी हुन नसक्दा बिमा धरापमा परेको उनको भनाई छ । दर्ता अधिकारी जानकी मिश्रले सरकारी डाक्टरको निजि किल्नीक भएकोले  स्वास्थ्य बिमा कार्यक्रमलाई सहयोग नगरेको आरोप लगाईन् ।

 

सुदूरपश्चि प्रदेशका चार जिल्ला दार्चुला, कञ्चनपुर, डोटि, डडेल्धुरामा अझै स्वास्थ्य बिमा कार्यक्रम सुरु हुन सकेको छैन् ।

प्रतिक्रिया दिनुहोस्