फेवातालमा पारस र सोनिकाको मस्ती (भिडियोसहित)



काठमाडौं : पछिल्लो समय चर्चाको विषय बनेको छ, पूर्वयुवराज पारस शाह र यूट्युवर सोनिका रोकायाको सम्बन्ध । पारस सोनिकाको सम्बन्ध यति निकटतम छ कि उनीहरु कहिले पोखरा, कहिले अन्नपूर्ण बेस क्याम्प त कहिले काठमाडौंस्थित दरमारमार्गमा रहेको लिक्विड लाउन्जमा निकै नै रोमान्चित मुडमा देखिन्छन् ।

सोनिकाले पारससँग रमाइलो गरेको, घुमेको भिडियोहरु आफ्नो यूट्युवमार्फत् सार्वजनिक पनि गर्दै आएकी छिन् । तीन छोराछोरी र शालिन व्यक्तित्वकी श्रीमती हुँदाहुँदै पनि पारसले यी यूट्युवरसँग हिमचिम बढाएर आफ्नो छवी बिगारेको आरोप उनीमाथि लाग्दै आएको छ । सोनिकाले आफूलाई चर्चामा ल्याउन पारसलाई पछ्याइरहेको र एक नारी भएर अर्की नारीको भावनामाथि खेलवाड गरेको भनी गालीगलौज र आरोप लगाइँदै आएको छ ।

उनीहरुको सम्बन्धलाई लिएर विभिन्न नकारात्मक टिकाटिप्पणी आइरहँदा पासरले केही बोलेका छैनन् भने सोनिकाले भने आफूहरुको सम्बन्ध निस्वार्थ रहेको र आफूले कसैको जीवन नबिगारेको बताउँदै आएकी छिन् । उनले पारसले आफूलाई राम्रो काम गर्न प्रेरित गर्ने गरेकाले उनलाई आफ्नो गुरु मान्दै आएको समेत बताउँदै आएकी छिन् ।

आफूहरु दुईजना नै नराम्रो परिस्थितिबाट गुज्रिरहेकाले एक अर्काको साथ समय बिताएको र आफूहरुको सम्बन्ध विशुद्ध भएको उनको तर्क छ । यसैक्रममा सोनिकाले आफ्नो यूट्युव च्यानल द सोनिका शो मार्फत् मंसिर २२ गते आइतबारका दिन पुनः अर्को भिडियो सार्वजनिक गरेकी छिन् । उनले फेवातालमा रमाउँदै पूर्वयुवराज पारस शाह भनी उक्त भिडियो अपलोड गरेकी हुन् ।

भिडियोमा पारस र सोनिका निकै नै रमाइलो मुडमा देखिएका छन् । उनले पारसको गुनगान गाउँदै यस भिडियोमा पनि नकरात्मक नसोँचिदिनु भन्न भ्याएकी छिन् । फेवातालमा पारसले आफै डुंगा चलाइरहेका छन् भने उनी निकै नै रमाइरहेका देखिन्छन् ।

सोनिकाले पारसलाई ‘तपाईले कसलाई सबैभन्दा बढि आदर गर्नुहुन्छ ?’ भन्ने प्रश्न गर्दा पारस भन्छन्–’मेरो देश, मेरो परिवार अनि हाम्रो संस्कार ।’ पारसको यो उत्तरले उनी निकै नै देशभक्त रहेको साथै आफ्नो परिवारलाई पनि उत्तिकै माया गर्ने व्यक्ति रहेको देखाउँछ ।

प्रतिक्रिया दिनुहोस्