सरकार असफल भएको कांग्रेस नेता सिंहको ठहर



वीरगन्ज : नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले कम्युनिष्ट सरकार असफल भएको दाबी गरेका छन् ।

४२ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा वीरगन्जमा आयोजना गरिएको कार्यक्रममा नेता सिंहले सरकार १० महिने कार्यकालमा पूर्ण रुपले असफल भएको ठोकुवा गरेका हुन् ।

सिंहले सरकार संघीयता असफल पार्ने षड्यन्त्रमा लागेको आरोप पनि लगाए । दुई तिहाईको पूर्णबहुतमतको सरकारले जनता, कर्मचारी, प्रतिपक्ष, कसैलाई पनि सन्तुष्ट पार्न नसकेको उनको भनाइ छ । सरकारले प्रहरी परिचालनमा पनि जिम्मेवारी नदेखाएको उनको कथन छ ।

नेता सिंहले विपी कोइरालाले प्रतिपादन गरेको राष्ट्रिय एकता र मेलमिलापको नीति अहिलेको समयमा झनै सान्दर्भिक रहेको जिकिर गरे ।

 

प्रतिक्रिया दिनुहोस्