कैलाली उद्योग वाणिज्य संघको निर्वाचन पुुस २८ गते



कैलाली : सुदूरपश्चिमको सबैभन्दा ठूलो कैलाली उद्योग वाणिज्य संघको आगामी नेतृत्वका लागि तीनवटा प्यानल चुनावमा उत्रिएका छन् ।

हालको कार्यसमितिका महासचिव रुपेश स्वाँर, कोषाध्यक्ष पुष्प कुँवर र सदस्य डिल्लीराज अवस्थी आआफ्नो छुट्टाछुट्टै प्यानल बनाएर प्रचारप्रसारमा चुनावी प्रतिष्पर्धामा आउन लागेका हुन् । २०७५ बैसाख २२ मा हुने निर्वाचनको लागि अहिले उनीहरु प्रचारप्रसारमा व्यस्त भएका छन् ।

यसअघि चुनावी प्रतिष्पर्धामा स्वाँर र कुँवलको प्यानल मात्र थियो । दुईवटा प्यानललाई चुनौती अवस्थी पनि आफ्नो प्यानल बनाइ अगाडि आएका हुन् । 

सदस्यता बिबादका कारण बैसाख २२ गतेको निर्वाचन स्थगित भएपछि सदस्यता छानबिनसँगै सर्वसहमतीबाट नेतृत्व चयन गर्ने पहलमा केही व्यवसायी लागेका थिए ।

सर्वसहमतीबाट उद्योग वाणिज्य संघको नेतृत्व चयनको प्रयास असफल भएपछि अब तीनवटा प्यानलबीच चुनाव हुनेभएको हो । यसअघि निर्वाचनका लागि तोकिएको मितिमा फर्जी तथा वास्तविक मतदाताको विवादका कारण निर्वाचन हुनसकेको थिएन । 

पहिलोपटक मिति तोकिएको आठ महिनापछि संघको पुस २८ गतेका लागि संघको निर्वाचन निश्चित भएको हो । 

प्रतिक्रिया दिनुहोस्