संसद्को गाडीले ठक्कर दिँदा मोटरसाइकल चालक घाइते


काठमाडौं : सिंहदरबार पश्चिम मूल ढोकाअघि आज संसद्को सवारी साधनसँग मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् । बिहान सवा ११ बजे गलत दिशाबाट आइरहेको सरकारी नं। प्लेटको सवारी साधनले ठक्कर दिँदा मोटरसाइकलमा सवार यात्रु महोत्तरीका २२ वर्षीय सलन बरालको दुवै गोडामा गम्भीर चोट लागेको ट्राफिक प्रहरी प्रभाग सिंहदरबारले जनाएको छ । घाइते बरालको काठमाडौँ मोडेल अस्पताल प्रदर्शनीमार्गमा उपचार भइरहेको प्रभागका प्रहरी जवान हेमन्त आचार्यले जानकारी दिए ।

महानगरीय ट्राफिक प्रहरी महाशाखातर्फ जाँदै गरेको प्रदेश ३–०२, ००२ प, ९८७० नं. को मोटरसाइकललाई पुतलीसडक तिरबाट आएको सङ्घीय संसद् सचिवालयको सरकारी नं. प्लेटको प्रदेश ३–०१, ००२ झ, ४८७९ नं. को स्कार्पियो गाडीले ठक्कर दिएको थियो । सो गाडी संसदीय सुनुवाइ समितिका सभापति लक्ष्मणलाल कर्णले चढ्ने गरेका महानगरीय ट्राफिक प्रहरी प्रभाग सिंहदरबारका प्रहरी जवान आचार्यले जानकारी दिए ।

गलत दिशाबाट आएको सरकारी गाडीले मोटरसाइकललाई ठक्कर दिएको पृथ्वीनारायण शाहको शालिकमुनि खटिनुभएका ट्राफिक प्रहरी खीना सुवेदीले राससलाई बताउनुभयो । हतारमा भएकाले बत्ती बालेर सवारी आएको उनले जानकारी दिए । लेन अनुशासन पालना नगरेमा रु ५०० देखि रु एक हजार ५०० सम्म जरिवाना लेखिएको बोर्डलाई देब्रे पारेर सरकारी गाडी गलत दिशाबाट आइरहेको थियो । गाडीको अगाडितिर सिसामा सङ्घीय संसद् सचिवालय लेखिएको कागजको पास राखिएको थियो ।

सरकारी गाडीका चालक लेखमान शाक्यले नै घाइतेको उपचार गराइरहनुभएको उनले बताए । संसद् सचिवालयकै गाडी भए पनि कानूनअनुसार नै कारबाही गरिने प्रभागका प्रमुख प्रहरी निरीक्षक प्रकाश सिंहले जानकारी दिए ।

संवेदनशील स्थानमा समेत सरकारी गाडीले गलत दिशाबाट आएर ठक्कर दिनु सामान्य घटना नभएको पैदल यात्रु राघवेन्द्र बजगाईँले बताए । छानबिन गरी यसका दोषीलाई कानुनी कारबाही नगरे सडकमा पैदल यात्रु एवं अन्य चालक पनि सुरक्षित नहुने उनको भनाइ छ । प्रत्यक्षरूपमा घटना देख्नुभएका बजगाईँ सरकारी गाडीका चालकको लापरवाहीले यस्तो भएको बताउँछन् । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौंः कोरोना संक्रमणको कारण रोकिएको लोकसेवा आयोगको परीक्षा दशैं लगत्तै शुरु हुने भएको छ ।

कैलाली– विश्व रामसार सूचीमा सूचिकृत कैलालीको घोडाघोडी ताल क्षेत्रमा पछिल्लो समय पर्यटन प्रवद्र्धन हुन थालेको

काठमाडौं : धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको

काठमाडौंः गृहमन्त्री रामबहादुर थापा ‘बादल’ छाङ्गरुमा सशस्त्र प्रहरीको गुल्म शिलान्यास गर्न दार्चुला गएका छन् ।

स्याङ्जा । पहिरोमा पुरिएर ज्यान गुमाएका नौ जनाको रामनदी धाम (राम्दी) मा बिहीबार साँझ सामूहिक

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा किंग्स इलेभेन पञ्जाबका सामू रोयल च्यालेन्जर बंगलोर

काठमाडौं : देशभर केही दिनयता परिरहेको झरी भोलि शनिबारदेखि कमजोर हुने देखिएको छ। बंगालको खाडीबाट

काठमाडौं : वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमका नाममा व्यापक अनियमितता, भ्रष्टाचार र किर्ते गर्ने काम भएको

काठमाडौं– सांसदहरुले कोरोना भाइरसको विषयमा तथ्यगत जानकारी भन्दा भ्रमहरु बढी फैलिएकाले जनतामा आतंक सिर्जना भएको

काठमाडौं : सार्वजनिक पदमा बहाल रहेका व्यक्तिले सम्पत्ति विवरण सार्वजनिक नगर्ने क्रम बढेपछि अख्तियारले कडा

धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षण बन्द भएको छ । संघीय सरकार

काठमाडौं– नेपाल–चीन सीमा प्रश्नमा सरकारले हतारो टिप्पणी गरेको नेपाली कांग्रेसले जनाएको छ। स्थलगत अध्ययनको धारणा