फेरि घट्यो सुनको मूल्य



काठमाडौं : साताको दोस्रो दिन सोमबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आइतबार प्रतितोला रु ५ सयले घटेको सुनको मूल्य सोमबार पनि प्रतितोला रु २ सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सोमबारका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ७१ हजार तोकेको छ । आइतबार छापावाला सुन प्रतितोला रु ७१ हजार २०० मा खरिदबिक्री भएको थियो ।

यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला रु ७० हजार ७ सय कायम गरिएको छ । आइतबार तेजाबी सुनको प्रतितोला रु ७० हजार ९ सयमा कारोवार भएको थियो । स्थानीय बजारमा चाँदीको मूल्य पनि ओरालो लागेको छ । महासंघले चाँदीको मूल्य प्रतितोला रु ८३५ निर्धारण गरेको छ । आइतबारको तुलनामा सोमबार चाँदीको मूल्य प्रतितोला रु पाँचले घटेको हो ।

प्रतिक्रिया दिनुहोस्