राजश्व हिनामिना गरेको अभियोगमा मुद्दा



काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी राजश्व जम्मा नगरी भ्रष्टाचार गरेको अभियोगमा मालपोत कार्यालय चाबहिलका कार्यालय सहयोगी राजेन्द्र बस्नेतविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

आयोगकाअनुसार जग्गा दाखिला खारेज गर्दा नियमानुसार लाग्ने दस्तुर सनिश मिश्रको नाममा काटेको तर राजश्व खातामा भने जम्मा नगरी रु पाँच लाख ६८ हजार २०८ बराबरको भ्रष्टाचार गरेको पाइएको छ । 

एकै आर्थिक वर्षमा एउटै नम्बरको फरक फरक रसिद भेटिएको छ । बस्नेतले काटेको रसिद नम्बर २१९७४ विसं २०७३ असार २६ र विसं २०७२ फागुन १६ गतेको रसिद एउटै देखिएको अनुसन्धानबाट खुलेको आयोगको भनाइ छ । 

एउटै रसिद काटी राजश्वमा दाखिला गर्नुपर्ने रकमसमेत उपलब्ध नगराएकाले बिगो असुल गरी कारवाहीको माग गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्