मिडियाले संयमित भएर समाचार दिनुपर्छ : सूर्य थापा



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले संचारमाध्यमले कुनै पनि कुरालाई संयमित तरिकाले प्रस्तुत गर्नुपर्ने बताएका छन् ।

सल्लाहाकार थापाले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे मिडियाहरुले अतिरञ्जना फैलाएको बताए ।

थापाले मिडिया हाउसका सम्पादकहरुले समेत संवेदनशीलतालाई बुझ्न नसकेको बताउँदै उनीहरुले अतिरञ्जना गरेर लेख्ने गरेको आरोप लगाए ।

उनले प्रधानमन्त्री ओलीलाई अस्पताल भर्ना गर्दा मिडियाहरुले अतिरञ्जना फैलाएको घटनाबारे स्मरण गर्दै यसमा डाक्टरहरुलाई दोष दिने ठाउँ नभएको स्पष्ट पारे । प्रधानमन्त्री ओलीको स्वास्थ्यवस्थाबारे आज (सोमबार) एक पत्रकार सम्मेलनको आयोजना गरी सल्लाहकार थापाले यस्तो बताएका हु्न ।

कार्यक्रममा बोल्दै थापाले भने – ‘पछिल्लो घटनामा डाक्टरलाई दोष दिने ठाउँ छैन । अस्पताल पुर्याउन भने केही ढिलो भएकै हो । समयमै समस्या पहिचान नभएको हो ।’

प्रतिक्रिया दिनुहोस्