काठमाडौंमा अत्यधिक चिसोः तापक्रम शून्य डिग्रीमा झर्यो



काठमाडौं: काठमाडौं उपत्यकाको तापक्रम शून्य डिग्रीमा झरेको छ । तापक्रम घटेसँगै सोमबार उपत्यकामा यस वर्षकै बढी चिसो भयो। मौसम पूर्वानुमान महाशाखाका अनुसार उपत्यकाको न्यूनतम तापक्रम घटेर ०.५ डिग्री सेल्सियस पुगेको हो।

 

अब केही दिन उपत्यकाको न्युनतम तापक्रम ०.३ डिग्री हाराहारीमा रहने र निरन्तर घट्दै गए माइनसमा समेत झर्न सक्ने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार डडेलधुरा, धनकुटा, नेपालगञ्ज, सिमरा र पोखराको तापक्रम भने ४ डिग्री सेल्सियस मापन गरिएको खबर कान्तिपुरमा छ।

प्रतिक्रिया दिनुहोस्