पुरुष क्रिकेट : बंगलादेशलाई स्वर्ण



काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा बंगलादेशले स्वर्ण पदक जितेको छ । आज भएको फाइनलमा श्रीलंकाको यू–२३ टिमलाई पराजित गर्दै बंगलादेश यू–२३ टिमले स्वर्ण जितेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा बंगलादेशले श्रीलंकालाई ७ विकेटले पराजित गर्यो । १ सय २३ रनको सामान्य लक्ष्य पछ्याएको बंगलादेशले १८ ओभर १ बलमा ३ विकेट गुमाएर लक्ष्य पुरा गर्यो ।

पुरुष क्रिकेटमा नेपालले कास्य पदक हात पारेको छ । सोमबार बिहान नेपालले माल्दिभ्सलाई ५ विकेटले पराजित गर्दै कास्य पदक हात पारेको हो ।

प्रतिक्रिया दिनुहोस्