यी निर्णय गर्दै सकियो नेकपा सचिवालय बैठक



काठमाडौं : नेकपाले उपनिर्वाचनको रिपोर्ट बुझाउन ५ दिनको समय थप गरेको छ ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आज (सोमबार) पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको नेकपा सचिवालयको बैठकले यस्तो निर्णय गरेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ बताएका हुन् ।

यसैगरी यही मंसिर २७ गते सचिवालय बैठक बस्ने छ भने २९ गते स्थायी कमिटी बैठक बस्ने निर्णय समेत बैठकले गरेको प्रवक्ता श्रेष्ठले बताएका छन् ।

रिपोर्ट बुझाउने समय आइतबारसम्मको लागि रहेको र सो अवधिमा सबै ठाउँबाट पूर्ण रिपोर्ट आइनसकेकाले ५ दिन समय थपेको श्रेष्ठले बताए ।

प्रवक्ता श्रेष्ठका अनुसार बैठकले विधान संशोधन गर्ने निर्णय पनि गरेको छ । त्यसका लागि आगामी स्थायी कमिटी बैठकमा प्रस्ताव पेश हुने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्