‘मल्टिपल डेटिङ’मा रम्ने बलिउडका अभिनेताहरु



काठमाडौं : कलाकारलाई मन नपराउने सायदै कोही नहोलान् । उनीहरुलाई भेट्न पाए देख्न पाए कस्तो हुन्थ्यो होला भन्ने धेरै छन् । धेरै कलाकार प्रेमका कारण चर्चामा आउने गरेका छन् । कलाकार फिल्ममा थरिथरिका प्रेमसम्बन्ध लिएर देखा पर्दछन् । अनस्क्रिन मात्र नभएर अफस्क्रिनमा पनि उत्तिकै सम्बन्ध रहेका हुन्छन् । किनकि हामीले विभिन्न सञ्चार माध्याममा देखे सुनेका छौं । आज हामी एकभन्दा बढि महिलासँग डेट गरेका बलिउड कलाकारको बारेमा चर्चा गर्छौं ।

१. सलमान खान


धेरैभन्दा धेरै विवाह प्रस्तावलाई नकारेका तर अहिलेसम्म पनि बिहे नगरेका कलाकार हुन् सलमान खान । सलमानले ५० भन्दा बढि महिलासँग डेट गरिसकेका समाचार धेरै आउने गरेका छन् । एक समय सोमी अली, संगीता विजलानी, ऐश्वर्या राय, कट्रिना कैफलगायतसँग उनको नाम जोडिएको थियो ।

२. रनवीर कपुर

Image result for रनवीर कपुर


बलिउडका कान्छा तथा चकलेटी रकस्टार हुन् रनवीर । रनवीरलाई एकोहोरो माया गर्ने युवतीहरु धेरै छन् । र उनको दोहोरो सम्बन्ध पनि धेरै महिलासँग रहँदै आएको खबरहरु बाहिरिने गरेका छन् । अभिनेत्री दीपिका पादुकोण, क्याट्रिना कैफ, नर्गिस फक्रिन र सोनम कपुरसँग उनको नाम जोडिएको थियो ।

३. रणवीर सिंह


स्वभावैले चन्चले देखिने बलिउड अभिनेता रणवीरले पनि एकभन्दा बढि महिलासँग डेट गरिसकेका छन् । दीपिकाभन्दा अघि रणवीरले खुलेआम अनुष्का र सोनाक्षी सिन्हासँग डेट गरेका थिए । तर अहिले दीपिकासँग बैबाहिक सम्बन्धमा बाँधिइसकेका छन् ।

४. शाहिद कपुर


बलिउडका ‘चकलेटी बोई’ भनेर चिनिने अभिनेता शाहिद कपुरले पनि धेरै महिलासँग डेट गरेका छन् । शाहिदले मिति तोकिसकेका केही विवाह पनि तोडेका थिए । उनले जतिसँग डेट गरे, सबैैसँग ब्रेक अप गरे र अन्त्यमा मिरा राजपुतसँग विवाह गरे । करिना कपुर, अम्रिता राव, अनुष्का शर्मा, विद्या वालन, प्रियंका चोपडा, तथा टेनिश स्टार सोनिया मिर्जासँग डेट गरेका थिए ।

५. अर्जुन कपुर


अभिनेता अर्जुन कपुर फिल्ममा जस्तै तर रियलमा पनि धेरै जनासँग डेट गरिसकेका व्यक्ति हुन् । अर्जुनले सलमान खानकी बहिनी अर्पिता, अभिनेत्री आलीया भाट, श्रद्धा कपुर र मलाइका आरोरासँग डेट गरेको कुरा चर्चामा छ ।

६. अक्षय कुमार


बलिउडका सबैभन्दा ठुला ‘प्ले बोई’ अक्षय कुमार हुन् भनिन्छ । अक्षय कुमारले कैयौं युवतीसँग बिहेअघि र बिहेपछि डेट गरेको समाचारहरु बेलाबेला बाहिरिने गरेको छ । उनको सम्बन्धको सुरुआत आयशा झुल्कादेखि रबिना टण्डन, शिल्पा शेठ्ठी, पुजासँग चलेको थियो । र, अन्त्यमा ट्विंकल खन्नासँग बिहे गरेका हुन् । बिहेपछि प्रियंका चोपडासँगको सम्बन्ध पनि चर्चामा आएको थियो ।

७. हरमान भेज्वा


फ्यानहरुको दिमागमा अभिनेता हरमानको फिल्म चलेपनि उनको मनमा युवतीको राज हुन्छ । प्रियंका चोपडा, शमिता सेठ्ठी, अम्रिता रावसँगको सम्बन्ध चर्चामा थियो ।

८. रणदीप हुड्डा


अभिनेता हुड्डाले आफुभन्दा जेठी र कान्छी महिला गरेर कैयौसँग डेट गरिसकेका छन् । सुस्मिता सेन, नितु चन्द्रा, अदिती रावसँगको उनको डेट चर्चामा थियो ।

९. जोन अब्राहम


धेरै महिलासँग नाम जोडिने अभिनेतामा जोनको नाम पनि अगाडि नै आउने गर्दछ । उनले विपाशा वासु, प्रियंका चोपडा, प्रिया रोन्चुल लगायतसँग डेट गरिसकेका छन् ।

१०. ऋतिक रोशन


डान्स स्टार ऋतिकले पनि एकभन्दा बढि युवतीसँग डेट गरिसकेका छन् । कंगना रनवत, करिना कपुर, प्रियंका चोपडा लगायतसँग डेट गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्