दक्षिण सुडानका सभामुखद्वारा राजीनामा



एजेन्सी : सांसदहरूको अत्यधिक दवाव र चेतावनीपछि दक्षिणी सुडानका सभामुखले पदबाट राजीनामा दिएका छन । कार्यकुशलता प्रदर्शन गर्न नसकेको र भ्रष्टाचारविरुद्धको लडाईँमा अवरोधक भएको आरोप लगाउदै राजिनामा गर्न सांसदहरूले दवाब दिएका हुन् ।

स्थानीय सञ्चारमाध्यमहरूले सोमबार सम्प्रेषण गरेको समाचार अनुसार सभामुख एन्थोनी लिनो माकानालाई महालेखा परीक्षक र भ्रष्टाचारविरुद्धका प्रतिवेदनहरूलाई संसदमा छलफल गर्न नदिइएको भन्दै राजीनामा गर्न दवाब दिइएको हो ।

उनलाई अफ्रेक्षिम बैंकबाट अनधिकृतरूपमा करोडौँ रुपैँया गलत तरिकाले लिएको आरोप पनि लगाइएको छ । सांसदहरुले उनका विरुद्धमा संकलन गरेको दस्तावेजहरु समेत संसदमा पेश गरेपछि उहाँले राजिनामा दिनु परेको हो ।

“मैले सत्तारुढ दल एसपीएलएम पार्टीको नेतृत्वको आग्रह अनुसार राजीनामा दिएको हुँ,” दक्षिण सुडान रेडियोलाई सोमबार दिएको अन्तर्वार्ताका क्रममा उनले भने । दक्षिणी सुडानमा भ्रष्टाचार अनियन्त्रित भएको बताउने गरिएको छ । सन् २०११ मा स्वतन्त्र भएको दक्षिण सुडान दुई बर्ष अगाडिदेखि गृह युद्धमा फसेको छ । रासस

प्रतिक्रिया दिनुहोस्