चिकित्सकद्वारा पाकिस्तानी पूर्व प्रधानमन्त्री शरीफलाई अमेरिका लान सुझाब


एजेन्सी : पाकिस्तानी पूर्व प्रधानमन्त्री शरीफलाई उपचारका लागि अमेरिका लान उनको उपचारमा सम्लग्न चिकित्सकहरूले सुझाब दिएका छन् । शरीफ केही हप्तादेखि बेलायतको राजधानी लण्डनमा उपचार सेवा लिरहेका छन ।

शरीफलाई अमेरिकी चिकित्सकको परामर्श लिन उनको उपचारमा रहेका चिकित्सकहरूले सल्लाह दिएका पाकिस्तानको मुश्लिम लिग–नवाज (पीएमएल–एन) ले सोमबार जानकारी गराएको हो ।

पीएमएल–एनका प्रवक्ता म्यारियम औरन्जेबलाई उद्धृत गरी द ट्रिबुनले लेखेको छ, “पूर्व प्रधानमन्त्रीको मुटुबाट मष्तिष्कमा रगत सञ्चार गर्ने ८८ प्रतिशत धमनीहरू अबरूद्ध भएकोले उहाँलाई अमेरिकी चिकित्सकको परामर्श लिई उपचार गर्न सल्लाह आएको छ ।

तर स्वास्थ्य अवस्थाका कारण पूर्व प्रधानमन्त्री शरीफलाई लण्डनबाट अमेरिका लान चुनौति रहेको छ ।” प्रवक्ताले भने, “पछिल्लो ‘पोजिट्रन इमिसन टोमोग्रफी (पीइटी) स्कान’ रिपोर्टअनुसार उनको छिट्टै वायोप्सी परीक्षण हुनेछ र तत्काल जटील शल्यक्रिया गर्नुपर्ने देखिएको छ ।

लामो समयदेखि मुटुसम्बन्धी रोगबाट विरामी शरीफको प्लेटलेट सङ्ख्यामा सुधार नदेखिएपछि उनको अवस्थाप्रति चिकित्सकहरू चिन्तित बनेका हुन् ।” तीन पटक पाकिस्तानको प्रधानमन्त्रीका रूपमा काम गरेका ६९ बर्षीय शरीफले लण्डनस्थित हार्वे क्लिनिकमा उपचार सेवा लिरहेका छन । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

रसुवा : कोरोना भाइरसको प्रकोप बढेसँगै नेपालबाट चीन छिर्ने महत्वपूर्ण नाकाको रुपमा रहेको रसुवागढी नाका

सुर्खेत : सुुर्खेतको वीरेन्द्रनगरमा ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । आज

रसुवा : चीनको केरुङबाट अवैध रूपमा काठमाडौ ल्याउदै गरेको साढे २ किलो सुनसहित रसुवागढी नाकाबाट

रुपन्देही : तीनवटा ट्रक एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा परी मृत्यु

काठमाडौं : चीनमा कम्तीमा ३,००० लाई सङ्क्रमित गरेको कोरोनाभाइरसले अन्यत्र थप ४७ जना सङ्क्रमित भएका

काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मकुमारी अर्यालले सरकारले अब हजारका हजार

इराक : इराकको राजधानी बग्दादस्थित अमेरिकी राजदूतावासमा कम्तीमा तीन वटा रकेट प्रहार भएका छन्। एउटा

काठमाडौं : अहिले झ्याप्प झ्याप्प बत्ति जाने गरेको छ । यसरी बत्ती जाने भईरहँदा सेवाग्राहीहरु

धनगढी : जुवाको खालबाट वडाअध्यक्ष सहित १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई धनगढी

काठमाडौं : ‘मलम लगाऊ आर्तहरुको, चहराइरहेको घाउ..’ महाकवि देवकोटाका रचना सुनाउँदै जगन चापागाईंले भने, “यहीभित्र

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा जाँच गर्ने क्रममा विवादमा तानिएकी गायिका आस्था राउतलाई आज

जनकपुरधाम : प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम नै हुने निश्चित जस्तै भएको छ ।