महिला बास्केटबल – नेपाल पहिलो पटक फाइनलमा



काठमाडौं : राष्ट्रिय बास्केटबल टोली १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला बास्केटबलको फाइनल पुगेको छ । माल्दिभ्सलाई हराउँदै नेपाल टोली पहिलो पटक सागको फाइनलमा पुगेको हो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा सोमबार भएको सेमिफाइनलमा नेपालले माल्दिभ्सलाई ६८–५५ हराउँदै कम्तीमा रजत पदक पक्का गरेको छ । मंगलबार हुने फाइनलमा नेपालले भारतको सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्