सागको समापनमा प्रधानमन्त्रीको विशेष सम्बोधन भिडियो कन्फेरेन्समार्फत



काठमाडौं : नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग)को उदघाट समारोह अस्पतालको बेडबाट आइप्याडमार्फत प्रत्यक्ष प्रसारण हेरेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज समापनका अवसरमा विशेष सम्बोधन भिडियो कन्फेरेन्स मार्फत गर्ने भएका छन् ।

रााष्ट्रिय खेलकुद परिषद सदस्य सचिव रमेश सिलवालका अनुसार प्रधानमन्त्री ओलीले आज (मंगलबार) अपराह्न करिब डेढ घण्टा लामो विशेष सम्बोधन भिडियो कन्फेरेन्स मार्फत गर्ने छन् ।

नेपाली खेलाडीहरुको हैसला बढाउन प्रधानमन्त्री ओलीले उक्त कार्यक्रममार्फत विशेष प्याकेज घोषणा गर्ने कार्यक्रम पनि रहेको छ ।

आज अपराह्न ५ बजे हुने लागेको सागको १३ औं संस्करणको समापनका अवसरमा प्रधानमन्त्री ओलीका साथै युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा दक्षिण एसियाली ओलम्पिक कमिटीका अध्यक्ष जिवन राम श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव सिलवालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्