६५० भन्दा बढी कर्मचारी माग गर्दै लोकसेवा



काठमाडौ : लोकसेवा आयोगले ६५० भन्दा बढी अधिकृतहरुको विज्ञापन खोल्ने तयारी गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक) लागि ६५० बढी विज्ञापनको माग गर्दै आजै आयोगमा पठाउने तयारी गरेसँगै आयोगको बार्षिक कार्यतालिका अनुसार भोली राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक)को विज्ञापन खोल्ने आयोगले तयारी हो ।

मन्त्रालयले पठाएको मागको आधारमा आयोगले आफ्नो बार्षिक कार्यतालिका अनुसार राजपत्रांकित तृतीय श्रेणीको अधिकृत तर्फ भोली बुधबार विज्ञापन गर्ने तयारी गरेको बताईन्छ ।

प्रतिक्रिया दिनुहोस्