नेम्वाङलाई सभामुख बनाउन शीर्ष तहमा यस्तो छ सहमती


काठमाडौं : संसद सचिवालयले गरेको तयारी अनुसार सरकारले आगामी पुस ४ गतेदेखि संसद बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस गरेको छ । संसदको अधिवेशन राष्ट्रपतिले आह्वान गर्ने संवैधानिक व्यवस्था रहेको छ ।

संसदको पाँचौं अधिवेशन बोलाउने तिथिसँगै रिक्त सभामुख पदमा को पुग्ला भनेर चर्चा व्यापक बन्न थालेको छ । सभामुख बनाउने थलो संसद भएतापनि सत्तारुढ दल नेपाल कमयुनिष्ट पार्टी (नेकपा) का शीर्ष नेताहरु सहमती हुन जरुरी छ । नेकपा उच्च स्रोतका अनुसार प्रतिनिधिसभाको सभामुखका लागि सत्तारुढ दल नेकपा भित्र दुई पार्टी अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच जिम्मेवारी बाँडफाँडका बेला सहमती भएको छ ।

नेकपा सचिवालयका एक सदस्यका अनुसार नेकपा भित्र सभामुखका लागि देव गुरुङ, अग्नि सापकोटा र सुभाषचन्द नेम्वाङको चर्चा भएपनि अध्यक्षद्वय बीच नेम्वाङलाई अघि सार्ने सहमती यसअघि नै भइसकेको बताइन्छ । अध्यक्ष प्रचण्डले सापकोटालाई अघि सार्ने प्रस्तावसँगै सापकोटाका मुद्दा कडा ढंगले उठ्न सक्ने आकलनका साथ गुरुङलाई एक थरि नेताले अगाडी सारेका थिए । तर, संसदको गरिमा र संसद सञ्चालनमा निपूर्ण मानिएका नेम्वाङलाई नै सभामुख बनाउने तयारी नेकपाको छ ।

त्यसोत उपसभामुख शिवमाया तुम्बाहाम्फेले पनि सभामुखमा दाबी गर्दै आएकी छन् । यसअघि प्रधानमन्त्री ओलीले उपसभामुख तुम्बाहाम्फेलाई मन्त्री बन्न गरेको प्रस्तावलाई उनले अस्वीकार गरेको सार्वजनिक भएको थियो । नेकपाले सभामुखमा उम्मेदवारी दिनु अगाडी संवैधानिक व्यवस्था अनुसार उपसभामुख तुम्बाहाम्फेले राजीनामा दिनुपर्ने हुन्छ ।

उता उपसभामुख तुम्बाहाम्फेले संसदको पाँचौं अधिवेशनका लागि तयारी सबै पूरा भइसकेको जानकारी दिएकी छन् । संसदमा सभामुख पनि नभएको र उपसभामुखलाई पनि कार्यकारी नदिइएको बेला तुम्बाहाम्फेले संसदको पाँचौं अधिवेशनको सबै तयारी पुरा गरेकी हुन् ।
उपसभामुख तुम्बाहाम्फेले हिजो (सोमबार) प्रधानमन्त्री ओलीसँग भेटेर पाँचौं अधिवेशन बोलाउनेबारे छलफल गरेकी थिइन् ।

पाँचौं संसद अधिवेशन आह्वानका लागि संसद भवनको व्यवस्थापकीय कामहरु पूरा भइसकेको संसद सचिवालयले जनाएको छ । हाल सभामुख नहुँदा संघीय संसद सचिवालयका काम अघि बढ्न सकेका छैनन् । संसद सचिवालयमा दैनिक कार्यकारी काम गर्ने÷गराउने अधिकार सभामुखलाई मात्र रहेको छ ।

यसै कारणले पनि सचिवालयअन्तर्गतका सबै प्रशासनिक कामकाजहरु पनि सभामुख नहुँदा हुन सकिरहेका छैनन् । विधेयक प्रमाणीकरणको काम बाँकी छ । संसद सचिवालयका प्रशासनिक काम पनि रोकिएकाले यो काम विहीनताको अवस्थाको अन्त्य गर्न पाँचौं अधिवेशनबाट सभामुख चयन संसद अधिवेशनको पहिलो काम हुने छ ।

संसद सचिवालयमा कार्यरत कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोप लागेपछि तात्कालीन सभामुख कृष्णबहादुर महराले असोज १४ गते राजीनामा दिएपछि सभामुखको पद खाली रहँदै आएको हो ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : सरकारले राष्ट्रिय गौरवका आयोजनाको पूर्वाधार विकासका कामलाई तीव्रता दिएको छ । मध्यपहाडी राजमार्ग,

काठमाडौं : छिमेकी मुलुक चीनबाट फैलिएको नोवेल कोरोनाभाइरस हाल विश्वका ५६ देशमा फैलिएको छ ।

जनकपुरधाम : प्रदेश २ सरकारको आधिकारिक वेवसाइट ‘ओसिएमसिएम डट पिटु डट जिओभी डट एनपि’ मा

काठमाडौं : नेपाल राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले टी–ट्वान्टी क्रिकेटमा १०० विकेट पुरा

काठमाडौं : काठमाडौं उपत्यकाको मुख्य सडक केही वर्ष अघिसम्म दिउँसै धुलाम्मे देखिन्थ्यो । मोटरसाइकल चालक

नयाँदिल्ली : सरकारको अनुमतिसँगै जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयू) छात्रसंघका पूर्व अध्यक्ष कन्हैया कुमारमाथि देशद्रोहको मुद्दा

काठमाडाैं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यदलको सुझावअनुसार परिमार्जन गरेर मात्र

मोरङ : पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको पथरी–उर्लावारी सडकखण्ड हरियाली सामुदायिक वन नजिकै भएको दुर्घटनामा एक जनाको

काठमाडौं : अमेरिकाले कामदार लैजान एचवान बी भिसा खुल्ला गर्ने भएको छ । अमेरिकाले कामदार

काठमाडौं : सरकारले चालु आर्थिक वर्षदेखि पुस्तकको आयातमा १० प्रतिशत कर लगाउने निर्णय गरेसँगै त्यसको

काठमाडौं : अमेरिका र अफगानिस्तानमा सक्रिय तालिवान लडाकुबीच दीर्घकालीन शन्ति सम्झौता हुने भएको छ ।

काठमाडौं : आज (शनिबार) देशको पश्चिमी भूभागलगायत मध्य तथा पूर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली