‘कोट एउटै लोगो एउटै तर समान पदमा नै विभेद’


चिप्लेढुङ्गा : गण्डकी प्रदेशका प्रदेशसभा सदस्य महिलाले समान पदमा पनि विभेदको सामना गर्नुपरेको अनुभव सुनाएका छन् । मिडिया हाउस र युएनडिपीको सहयोगमा पोखरामा भएको लैङ्गिक सवालमा संसदीय निगरानी कार्यक्रममा प्रदेशसभा सदस्यले मिश्रित र प्रत्यक्ष प्रणालीबाट निर्वाचित प्रदेशसभा सदस्यलाई विभेदको दृष्टिकोणले हेरिने गरेको अनुभव सुनाएका हुन् ।

प्रदेशसभा सदस्य धनमाया लामाले भनिन्, “हामी एउटै रङको कोट लगाउँछौँ, एउटै लोगो छ तर पनि प्रत्यक्ष र समानुपातिक भन्दै विभेद गरिन्छ, यसले हाम्रो आत्मसम्मान चोट पुगेको छ, प्रत्यक्षमा अधिकांश पुरुष निर्वाचित हुनुहुन्छ, स्वभाविक पनि हो प्रत्यक्षमा पुरुषले नै टिकट पाउनुभएको छ । राजनीतिमा निरन्तर योगदानसहित समानुपातिकबाट सभा सदस्य बने पनि दयामायाबाट मात्रै अवसर पाएजस्तो व्यवहार गरिन्छ ।”

प्रदेशसभा सदस्य एवं नेकपाकी सचेतक गायत्री गुरुङले महिलाले गरेको राजनीतिक योगदानको अझै पनि कदर हुन नसकेको बताइन् । उनले भनिन्, “महिलाका मुद्दा महिलाले मात्रै उठाउनुपर्छ भन्ने मानसिकताबाट नै सामाजिक न्याय स्थापित हुनसकेको छैन ।” मुख्य र निर्णायक तहमा पुरुषमात्रै रहने परिपाटीले समतामूलक समाजको निर्माण हुन अझै समय लाग्ने उनको निष्कर्ष छ ।

अर्का प्रदेशसभा सदस्य पुष्पा केसी भण्डारीले राजनीतिक आन्दोलबाट सामाजिक परिवर्तनका अभियन्ता बनेर हिँड्दासमेत विभिन्न खाले हिंसा सहनुपरेको अनुभव सुनाइन् । पुरुषबाट द्विअर्थी लगाउने शब्दले आफूहरुलाई कतिपय अवस्थामा निकै लज्जित गराउने गरेको उनको अनुभव थियो । त्यसैगरी अर्का सदस्य प्रभा कोइरालाले अब महिलाका सवालमा सबै पार्टीका महिला एकजुट भएर साझा मुद्दामा लड्न सकेमात्रै समानता र समतामूलक समाजको निर्माण हुनसक्ने धारणा राखिन् ।

प्रदेशसभा उपसभामुख सिर्जना शर्माले निर्णायक तहमा महिलाको सहभागिता नभएसम्म महिलाको आवाजले स्थान पाउन नसक्ने गुनासो गरिन् । उनले भनिन्, “प्रमुख र कार्यकारी पदमा पुरुषले नै नेतृत्व लिनुभएको छ, हाम्रो भूमिका गौण नै देखिन्छ ।” अबको आन्दोलन निर्णायक तहमा महिलाको सहभागिताका लागि हुनुपर्ने उनको भनाइ थियो । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : सरकारले राष्ट्रिय गौरवका आयोजनाको पूर्वाधार विकासका कामलाई तीव्रता दिएको छ । मध्यपहाडी राजमार्ग,

जनकपुरधाम : प्रदेश २ सरकारको आधिकारिक वेवसाइट ‘ओसिएमसिएम डट पिटु डट जिओभी डट एनपि’ मा

काठमाडौं : नेपाल राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले टी–ट्वान्टी क्रिकेटमा १०० विकेट पुरा

काठमाडौं : काठमाडौं उपत्यकाको मुख्य सडक केही वर्ष अघिसम्म दिउँसै धुलाम्मे देखिन्थ्यो । मोटरसाइकल चालक

नयाँदिल्ली : सरकारको अनुमतिसँगै जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयू) छात्रसंघका पूर्व अध्यक्ष कन्हैया कुमारमाथि देशद्रोहको मुद्दा

काठमाडाैं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यदलको सुझावअनुसार परिमार्जन गरेर मात्र

मोरङ : पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको पथरी–उर्लावारी सडकखण्ड हरियाली सामुदायिक वन नजिकै भएको दुर्घटनामा एक जनाको

काठमाडौं : अमेरिकाले कामदार लैजान एचवान बी भिसा खुल्ला गर्ने भएको छ । अमेरिकाले कामदार

काठमाडौं : सरकारले चालु आर्थिक वर्षदेखि पुस्तकको आयातमा १० प्रतिशत कर लगाउने निर्णय गरेसँगै त्यसको

काठमाडौं : अमेरिका र अफगानिस्तानमा सक्रिय तालिवान लडाकुबीच दीर्घकालीन शन्ति सम्झौता हुने भएको छ ।

काठमाडौं : आज (शनिबार) देशको पश्चिमी भूभागलगायत मध्य तथा पूर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली

काठमाडौं : सरकारले उखु किसानका लागि ४९ करोड निकासा गरेको छ । सरकारले दिने अनुदान