साँखु प्रहरी प्रमुख पन्थीले संयमता अपनाउदा टरेको त्यो ठूलो दुर्घटना



काठमाडौ : शनिबार मादक पदार्थ मापसे गरेर रत्नकुमार श्रेष्ठले भक्तपुर कागेश्वरी मनोहरा स्थित थलीमा ताण्डप देखाएका थिए । उनले मापसे गरेर चलाएको गाडीले सडक छेउमा भएका विभिन्न सवारी साधनलाई धक्कादिँदै हिडेका थिए ।

उनले त्यसबेला सडक छेउमा रोकिराखेको सवारी साधनलाई मात्र धक्का दिएनन् विजुलीको पोलमा समेत ठकर दिए । यस्तो अवस्था देखेपछि प्रहरी नायब निरीक्षक प्रेम लिम्बुले उनलाई रोक्नुको सट्टा त्यसै छाडे ।

यसरी छाडेपटि श्रेष्ठ झन नै चम्किन्छन् र त्यसैगरी गाडी हुईकाउँदै हिडे । यस्ते अवस्थामा देखेपछि स्थानीयहरुहरुले उनलाई रोक्न खोज्छन् । रोक्न खोज्दा उनी आफै झाडितिर हाम फाले र आफूलाई झाडिमा फालेको भन्दै हातमा खुकुरी लिएर अर्को ताण्डप देखाउँछन् । यस्तो दृश्य यो कुनै फिल्मको भने होईन ।

यसरी दिनदहाडै मापसे गरी उपद्रो मच्चाउने जड्याहाँको हर्कत शनिवारको हो । यसरी त्यहाँ मापसे गरी गाडी चलाउनेलाई रोक्नुको सट्टा त्यसै छोडेको भन्दै स्थानीयहरुले बिरोध जनाएपछि त्यहाँ ठूलै भुडभेड हुने संभावना थियो । तर प्रहरीले संयमता अपनाउदा त्यस्तो घटना भने हुन पाए ।

यसरी संयमता अपनाउने प्रहरी अधिकृत हुन साँखु प्रहरी प्रमुख प्रहरी निरीक्षक गोविन्द पन्थी । उनकै आग्रहमा स्थानीयहरुले त्यो उग्र भईसकेको परिस्थितिलाई सामान्यकरण गरे ।
पहिलो दिन ति मापसे गरी गाडी चलाउने श्रेष्ठलाई पक्राउ गरी कारबाही गर्ने प्रतिबद्धता गरेपछि शान्त भएको भिड भोलिपल्ट एकाएक एक्सनमा आएपछि त्यस भिडलाई निरन्तर संयमता अपनाउदा यस्तो भएको हो ।

भीड नियन्त्रणका लागि थप बल मागिएपछि त्यहाँ पुगेका प्रहरी निरीक्षक पन्थीको टोली पुग्नासाथ उनलाई भिड्ले तथानाम गाली गर्न सुरु गरेका थिए । उनीमाथि मापसे गर्ने ती श्रेष्ठलाई किन भगाएको? त्यो हिजोको थलीको प्रहरी निरीक्षक कता गए ? गुन्डा सङ प्रहरी मिल्ने भन्दै प्रश्न तेस्र्याएका थिूए । यस्तो अवस्थामा पनि प्रहरी निरीक्षक भने शान्त तरिकाले संझाउनमा व्यस्त देखिन्थे ।

त्यस अवस्थामा पन्थीले प्रहरी न्यायकै लागि हो, गलत गर्ने माथी कारबाही हुन्छ ,बाटो नरोक्नुस न्याय खोज्दा अरु यात्रु माथी अन्याय नगरौ भन्दै थिए तर मास भित्र अनेक खाले मान्छे देखिन्थे ,कतिपयले प्रहरी निरीक्षक पन्थी को भरोसा रहेको भन्दै थिए त , कतिले मास भड्काउन चाहन्थे ,त कतिले सम्यमित गराउन चाहन्थे। भिड नियन्त्रण बाहिर थियो यस्तो अवस्थामा पनि पन्थीले संयमता अपनाएका कारण उनको कमाण्डिङको चर्चा अहिले प्रहरी वृत्तमा हुने गरेको छ

भीड नियन्त्रण नहुने देखिएपछि यत्तिकैमा बृत्त बौद्द बाट प्रहरी नायब उपरीक्षक रमेश सिंह प्रहरी टोलि लिएर पुगे। प्रहरी नायब उपरीक्षक सिंहले त्यहाँ पुग्ने वित्तिकै केही सल्लाह गरे । यसपछि त्यहाँ केही घटना पो हुने हो कि भन्ने सब्रैले सोचेका थिए । तर त्यसो भएन ।

५०० भन्दा बढी स्थानीयबासीको उपस्थितिमा भएको त्यो प्रदर्शनलाई प्रहरी नायब उपरीक्षक सिंह र प्रहरी निरीक्षक पन्थीले गलत गर्ने लाई कारबाही गर्ने र तुरुन्तै पक्राउ गरि छाड्ने बताए । बोटो खुलाउन बारम्बार सेटमा आईरहेको अवस्थामा बल प्रयोग गर्नुपर्ने अवस्था भए पनि यसरी ठूलो दुर्घटना हुनबाट जोगाएर पन्थीले असल प्रहरी अधिकृतको भूमिका निभाएको बताईन्छ । कोहोलपुरमा विद्यार्थीमाथि लाठी बर्साउदा त्यहाँ स्थिति असामान्य बनेको थियो । धन्न त्यो अवस्था यहाँ चाहि आएन ।

प्रतिक्रिया दिनुहोस्