राष्ट्रपतिले महिला कामदारसँग यौन सम्बन्ध राखेको भनेपछि…



मनिला: फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्ते एक पटक फेरि विवादमा आएका छन् । उनले एउटा सनसनीपूर्ण खुलासा गरेका छन्, जसले फिलिपिन्समा भूकम्प ल्याईदिएको छ ।

 

उनी आफैंले आफूले एक कामदार महिलासँग यौन सम्बन्ध राखेको स्वीकार गरेका छन् । एउटा भाषणका क्रममा उनले आफू जवान रहेको बेला आफ्नै घरकी एक कामदारसँग यौन सम्बन्ध राखेको स्वीकार गरेका हुन् ।

 

उनी यसअघि पनि केही पटक यस्ता भाषणका कारण विवादमा आएका थिए, तर यसपटक उनी थप संकटमा परेका छन् । केही संगठनले उनको राजीनामा समेत मागेका छन् ।

 

फिलिपिन्स र मध्यपूर्वसहित एसियाली देशमा महिलाहरु घरेलु कामदारको रुपमा काम गर्छन् । फिलिपिन्समा मात्रै करिब १० लाख मानिसले घरेलु कामदारको रुपमा काम गर्छन् । यसैवर्षको सुरुमा एक प्रत्यक्ष कार्यक्रममा महिलालाई किस गरेपछि उनी विवादमा आएका थिए ।

प्रतिक्रिया दिनुहोस्