सिन्दुरमा ऋचाको सुन्दरता (हेर्नुहोस् १० फोटोमा)



काठमाडौं : नेपाली सिने जगतकी बोल्ड र ट्यालेनटेड अभिनेत्री रिचा शर्माको विवाह मंसिर २१ गते सम्पन्न भयो । ऋचाले क्यूएफएक्स ग्रुप अन्तर्गत ललितपुरको लबिम मलका जनरल म्यानेजर दिपेक्ष विक्रम राणासँगको आफ्नो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेकी हुन् ।

शर्माको विवाहको केहि दिनपछि सार्वजनिक भएका फोटोमा निकै खुलेकी छिन् । सिउँदोमा सिन्दुर, मरुन रङको लेहेङ्गा र हल्का मेकअपमा उनी निकै नै सुन्दर देखिएकी छिन् । फोटो ऋचा र दिपेक्षले आयाेजना गरेकाे रिसेप्सन पार्टीकाे हाे । फोटोमा नायिका प्रियंका कार्की पनि देखिएकी छिन् ।

उनले सामाजिक सञ्जालमा राखेका यी तस्वीरमा निकै राम्रो देखिएको भन्दै फ्यान, फलोअर्स र शुभचिन्तक तथा आफन्तले कमेन्ट गरेका छन् ।

हाल उनी नेपालको मौलिक पहिलो ‘कमेडी च्याम्पियन’ शो की निर्णायक पनि छिन् ।

Image result for reecha sharma wedding photos
Image result for reecha sharma wedding photos

तस्विर : सामाजिक संजालबाट

प्रतिक्रिया दिनुहोस्