दसैं अायाे तलब अाएन



डोटी: डोटीका सरकारी कार्यालयका कर्मचारीले तीन महिनादेखि तलब भत्ता पाउन सकेका छैनन् । प्रदेश सरकार अन्तर्गत रहेका सरकारी कार्यालयका कर्मचारीले तलब पाउन नसकेका हुन् ।

 

दसैं आउनै लाग्दा समेत यहाँका विभिन्न कार्यालयका कर्मचारीहरुले तलब नपाएको गुनासो गरेका छन् । प्रदेश मातहत आएका कार्यालयहरु तलब पाउन नसकेको कर्मचारीहरुले आरोप लगाएका छन् ।

 

गएको साउनदेखि अहिलेसम्म तलब नपाएको सेक्टर वन कार्यालय डोटीका सहायक वन अधिकृत शुरेसचन्द्र डिसीले बताए। दसैंको मुखमा तलब नपाउने चिन्तामा आफूहरु रहेको जिल्ला कृषि विकास कार्यालय डोटीका कर्मचारीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्