सागको अन्तिम दिन : रंगशाला बन्यो रण मैदान, प्रहरीद्वारा पत्रकार र सर्वसाधारणमाथि बुट वर्षा



काठमाडौं : १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को अन्तिम दिन दशरथ रंगशाला रण मैदानमा परिणत भएको छ । यसरी रंगशालालाई रण मैदानममा परिणत गर्ने पात्र हुन्, सुरक्षामा खटिएका डीएसपी त्रय रुगम कुँवर, सन्तोष सिंह राठोर र राजेन्द्र धमला ।

उनिहरुले पत्रकारसहित सर्वसाधारणमाथि अन्दाधुन्द लाठि र बुट बर्साएका छन् ।

नेपाल र भुटानबीच हुने फुटबलको फाइनल खेलको टिकट मूल्य दोब्बर बनाएपछि सर्वसाधारणले त्यसको विरोध जनाएका थिए ।

विरोध जनाउँदै गर्दा विवाद चर्किएपछि प्रहरी यसरी जाइलागेका हुन् ।

प्रहरीको कुटाईबाट नागरीक दैनिकका पत्रकारसुमन चापागाईँ घाइते भएका छन् । उनलाई प्रहरीले कुटेको भिडियो खिचेको भन्दै प्रहरीले बुट बर्साएका थिए ।

यसरी प्रहरीको कुटाईबाट घाइते भएका पत्रकार चापागाईँ उपचारका लागि अस्पताल भर्ना भएका छन् ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) आज अन्तिम दिनको खेलमा भीआइपीलाई २ हजार र सर्वसाधारण नागरिकका लागि १ हजार मूल्यका टिकट राखेको छ । यहि विषयलाई लिएर विवाद चर्किएको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्