अनुष्काले जितिन् समूहगत ‘हेड टु हेड च्यालेन्ज’, अब इन्डोनेसियासँग भिड्ने



काठमाडौं : मिस नेपाल वल्र्ड अनुष्का श्रेष्ठले लण्डनमा आयोजित मिस वर्ल्ड २०१९ को ६९ औं संस्करणमा नेपालको प्रतिनिधित्व गरिरहेकी छिन् । उनै अनुष्का ‘हेड टु हेड च्यालेन्ज’ को समूह बिजेता भएकी छिन् ।

अनुष्का समूह १० मा थिइन् । उक्त समूहमा उनले मिस वर्ल्ड तान्जानिया, मिस वर्ल्ड जिल्ब्राल्टार, मिस वर्ल्ड पोल्याण्ड, मिस वर्ल्ड मेक्सिको, मिस वर्ल्ड केम्यानलाई पछि पार्दै दोस्रो चरणमा पुग्न सफल भएकी हुन् । दोश्रो चरणबाट उत्कृष्ट १० जना प्रतिस्पर्धी छानिने र उनीहरुले मात्रै सिधा टप–४० मा प्रवेश गर्ने अवसर पाउनेछन् ।

अनुष्काले मंगलबार आयोजना हुने हेड टु हेड च्यालेन्जको अन्तिम प्रतिस्पर्धामा इन्डोनेसियाकी सुन्दरीसँग भिड्दैछिन् । अनुष्काले हेड टु हेड च्यालेन्ज जितेको खण्डमा उनी सिधै शीर्ष ४० मा पुग्नेछिन् ।

हेड टु हेड च्यालेन्ज जितेपछि अनुष्का शर्माले सबै नेपालीलाई धन्यवाद दिएकी छिन् भने मल्टिमिडिया अवार्डका लागि अझै भोटको खाँचो रहेकाले सबैलाई भोटका लागि अपिल समेत गरेकी छिन् । उनले मिस वल्र्ड जित्नकालागि आफ्नो तर्फबाट पुरै कोसिस गर्नेसम्म बताउँदै आएकी छिन् ।

Related image

कन्फिडेन्ट र ट्यालेन्टेड अनुष्कालाइ अहिलेका प्रतिस्पर्धीहरुमध्ये बलियो प्रतिस्पर्धी रहेको विभिन्न अन्तराष्ट्रिय समाचार माध्यमहरुलेसमेत बताएका छन् ।

मिस वर्ल्डको फाइनल यही डिसेम्बर १४ तारिखका दिन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्