थानकोट–नागढुंगा सुरुङमार्ग निर्माणमा छ वटा कम्पनीको चासो



काठमाडौं : राजधानी भित्रिने मुख्य नाकाका रुपमा रहेको थानकोट–नागढुंगा सडकखण्डमा प्रस्तावित सुरुङमार्ग निर्माणका लागि आधा दर्जन विदेशी कम्पनीले बोलपत्र भरेका छन् । 

जापानी सहयोग नियोग (जाइका)को सहयोगमा निर्माण गरिने उक्त सडकमार्गका लागि गरिएको ‘ग्लोबल टेन्डर’मा चिनियाँ र जापानी छ कम्पनीले बोलपत्र भरेको जानकारी सडक विभाग, वैदेशिक सहायता समन्वय महाशाखाका प्रमुखद केशवकुमार शर्माले दिए । 

टेन्डर भरेका कम्पनीहरुको अहिले प्राविधिक मूल्यांकन भइरहेको छ । उक्त सुरुङमार्ग निर्माणका लािग नेपाल सरकार र जाइकासँग १६ अर्ब रुपैयाँको ऋण सम्झौताको समेत भइसकेको छ । 

जापानसँग ०.०१ प्रतिशत ब्याजदरमा ४० वर्षका लागि ऋण उपलब्ध गराउने सम्झौता भएको हो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्