हट्यो कोहलपुरकमा लागेको निषेधाज्ञा



बाँके : जिल्ला प्रशासन कार्यालय बाँकेले कोहलपुरमा ट्रकले स्कुले बालिकालाई ठक्कर दिएपछि उत्पन्न भएको परिस्थितिपछि लगाएको निषेधाज्ञा आज (मंगलबार)बाट हटाइएको छ ।

घटनापछि चर्किएको आन्दोलनलाई नियन्त्रणमा लिने क्रममा लगाइएको निषेधाज्ञा आज विहान १०ः३० बजेबाट पूर्ण रुपमा हटाइएको जिल्ला प्रशासन कार्यलय बाँकेले जनाएको छ । उक्त ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी प्रकृति चन्द हाल ललितपुरस्थित बि एण्ड बि अस्पतालमा उपचारत छन् ।

जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार २२ गतेदेखि पूर्वमा चप्परगौँडी, पश्चिममा किरण नाला, उत्तरमा नौबस्ता र दक्षिणमा पिपिरीसम्म अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा आदेश जारी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्