वैशाखदेखि उपत्यकामा ३०० बिजुली बस सरर…



काठमाडौं : सरकारले नयाँ वर्षदेखि उपत्यकामा ३०० वटा बिजुली बस सञ्चालनमा ल्याउने भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले बिजुली बस खरिद प्रक्रियाबारे छलफल भइरहेको र वैशाखदेखि सञ्चालनमा ल्याउने जानकारी दिए । 

संसदको विकास तथा प्रविधि समितिमा सोमबार महासेठले तत्काल ऐन बनाएर यातायात प्राधिरण स्थापना गरी त्यसमार्फत बिजुली बस सञ्चालन गर्ने बताए । ‘सार्वजनिक यातायातको अवस्थालाई पूरै सुधार गर्ने तयारीअन्तर्गत प्राधिकरण गठन गर्न लागेका हौँ’ उनले भने, ‘प्राधिकरणको कार्यक्षेत्र मुलुकभर रहनेछ।’ 

सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलअनुसार प्राधिकरण गठन गर्ने तयारी भइरहेको उनले जानकारी दिए । त्यसमा निजी क्षेत्रलाई पनि समेट्ने उनको भनाइ छ । 

कम्पनी ऐनअन्तर्गत प्रालि गठन गर्न सकिने भन्दै उनले त्यसमा एक सयभन्दा बढी सदस्य रहने जानकारी दिए । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्