ओलारो लाग्दै सुनको मूल्य



काठमाडौं : सोमबार ७१ हजारमा कारोबार भएको सुनको मूल्य आज (मंगलबार) ७० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी महासंघले जनाएको छ ।

आज छापावाल सुन तोलामा २ सयले घटेर तोलाको ७० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

त्यस्तै तेजावी सुन घटेर तोलाको ७० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन पनि तोलामा २ सयले घटेको छ ।

यसैगरी सोमबार ८ सय ३५ रुपैयाँमा कारोबार भएका चाँदी आज ८ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्