एसिड आक्रमणको कथामा आधारित ‘छपाक’ को ट्रेलर रिलीज



एजेन्सी : बलिउड अभिनेत्री दीपिका पादुकोण अभिनित फिल्म ‘छपाक’ को ट्रेलर रिलीज भएको छ । एसिड आक्रमणपीडित लक्ष्मी अग्रवालको जीवनमा आधारिक फिल्म ‘छपाक’को ट्रेलर मंगलबार रिलीज गरिएको हो ।

लरले दर्शकहरुबाट राम्रो प्रतिक्रिया बटुलिरहेको छ । फिल्ममा दीपिकाले मालतीको भूमिका निर्वाह गरेकी छिन् ।

मेघना गुलजारको निर्देशन रहेको फिल्म ‘छपाक’ २०२० को जनवरी १० मा फिल्म हलमा रिलीज हुनेछ । फिल्ममा दीपिकासँगै विक्रान्त मेसीको मुख्य भूमिका रहेको छ ।

फिल्मको विषयमा बोल्दै दीपिकाले भनेकी छिन्, ‘यो निकै महत्त्वपूर्ण कथा बोकेको फिल्म हो । सत्य घटनामा आधारित फिल्म भएकाले पनि यसले राम्रा कुराहरु नै बोकेको छ भन्ने विश्वास गरेकी छु ।’

यस्तो छ ट्रेलरः

प्रतिक्रिया दिनुहोस्