तपाईंको कान कराउँछ ? ट्युमरको संकेत हुनसक्छ है



कान कराउनु वा बज्नु आफैँमा एउटा समस्या हो । कानमा जमेको फोहोर, कानको संक्रमण, बढ्दो उमेर, उच्च रक्तचाप, हृदयरोग, रगतको कमी, घाँटी वा गर्दनको समस्या, ध्वनी प्रदूषण लगायतका कारणले कान कराउने वा बज्ने गर्छ । 

यदि बारम्बार कान कराए, बेलाबेलामा रिंगटा लागेमा कान कराउने समस्या गम्भीर पनि हुन सक्छ । सामान्य रुघाखोकीको कारण पनि कान कराउने हुनसक्छ । यो समस्या भने केही दिनमा आफैँ ठिक हुन्छ ।

तर, एक महिनासम्म पनि कान कराउन नछाडे, कान दुख्ने, बज्ने, कान सुन्निने, तरल पदार्थ बग्ने जस्ता समस्या देखिए तुरुन्तै चिकित्सकलाई देखाउनुपर्छ ।

किनकि यस्तो समस्या ट्युमरको संकेत पनि हुनसक्छ । आजको राजधानी दैनिकले यो जानकारी छापको छ ।

प्रतिक्रिया दिनुहोस्