३८ यात्रु सवार सैन्य विमान सम्पर्कविहिन



एजेन्सी : चिलीको एक सैन्य विमान वेपत्ता भएको छ । ३८ यात्रु सवार विमान सोमबार वेपत्ता भएको हो ।

विमान चिलीको दक्षिणी क्षेत्रबाट अन्टार्कटिकाको किङ जर्ज टापुमा रहेका आर्मी फोर्सको सहायताको लािग त्यसतर्फ उडेको थियो ।

स्थानीय समय अनुसार मंगलबार अपरान्ह ४ बजेर ५५ मिनेट जाँदा उडेको सी–१३० हेरकुलस ट्रान्सपोर्ट एयरक्राफ्ट एक घण्टापछि सम्पर्कविहिन भएको थियो ।

चिलिका वायुसेनाको अनुसार वेपत्ता विमानमा ३८ यात्रु सवार थिए । जसमा १७ जना चालक दलका व्यक्ति र २१ जना यात्रु थिए ।

विमानको खोजी कार्य जारी छ ।

प्रतिक्रिया दिनुहोस्