श्रममन्त्री यादवले भने–‘श्रम क्षेत्रमा देखिएको विकृति र विसंगति अन्त्य हुन्छ’



सर्लाही : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले श्रम क्षेत्रमा देखिएको विकृति र विसंगति अन्त्य गर्ने बताएका छन् ।

आज (मंगलबार) गृहजिल्ला सर्लाही पुगेका श्रम मन्त्री यादवले सो कुरा बताएका हुन् ।

चक्रघट्टा गाउँपालिका र बागमती नगरपालिकाले छुट्टाछुट्टै आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवको सीप सिकेर दक्ष बनेपछिमात्रै वैदेशिब ररोजगारीमा जान समेत सुझाव दिएका छन् ।

साथै उनले रोजगारीको सिलसिलामा विदेशिएका युवालाई स्वदेशमै रोजगारीको वातावरण सिर्जना गर्न सरकार प्रयत्नशील रहेको पनि बताए ।

यसैगरी वैदेशिक रोजगारीको सिलसिलामा दुर्घटनामा परेका नेपालीहरुलाई स्वदेश फिर्ता ल्याउन उचित व्यवस्था गर्ने मन्त्री यादवले बताए ।

प्रतिक्रिया दिनुहोस्