दशरथ रंगशालामा सागको भव्य समापन



काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद (साग)को मंगलबार औपचारिक समापन हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंसिर १५ गतेबाट सुरु भएको सागको समापन विभिन्न कार्यक्रम गरी गरिदैँछ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवालका अनुसार समापन समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो कन्फेरेन्समार्फत सम्बोधन गर्नेछन् ।

भुटान र नेपालको खेल सकिएपछि खेलाडीको मार्चपास गरिएको छ । भने मार्चपासपछि १४ औं संस्करणको लागि पाकिस्तानलाई आयोजकको झण्डा हस्तान्तरण गरियो ।

समापन समारोहमा अन्य कार्यक्रमहरुमा सांस्कृतिक कार्यक्रम, विद्यार्थीको प्रदर्शन तथा ब्यान्ड, सराय नाचको विशेष प्रस्तुति, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राखेपका सदस्यसचिव रमेश सिलवाल र पाकिस्तानका प्रतिनिधिको सम्बोधन रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्