हात्तीले कुल्चिँदा बालकको मृत्यु



सिरहा : जङ्गली हात्तीले कुल्चिँदा आज सिरहाको मिर्चैया नगरपालिका–९ मा एक बालकको मृत्यु भएको छ । चुरे जङ्गलबाट आएको हात्तीले कुल्चिएर स्थानीय श्रवण महतोका आठ वर्षीय छोरा रवीन्द्र महतोको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरमै सुतेको अवस्थामा जङ्गली हात्तीले आक्रमण गर्दा बालक महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । – रासस

प्रतिक्रिया दिनुहोस्