पत्रकारलाई गाली गर्ने मन्त्रीले मागे माफी



जनकपुरधाम: पत्रकारलाई गाली गरेर बिवादित बनेका प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिसोर साहले माफी मागेका छन् ।

 

प्रेश विज्ञप्ती जारी गर्दै मन्त्री साहले 'अपशब्द प्रयोग गर्दा पत्रकारको मर्यादामा ठेस पुगेकोले आफ्नो शब्द फिर्ता लिन्छु' भनेका छन् । प्रदेस २ का सभामुखले जनकपुरमा घर हुँदा-हुँदै घरभाडा लिएको समाचार प्रकाशित भएपछी साहले 'गलत लेख्ने पत्रकारलाई जुत्ताले हान्नुपर्छ’ भनेका थिए ।

 

गत पुस १४ गते हलुवाई समाज नेपालको अधिवेशनमा प्रमुख अतिथि बनेर गएका साहले कार्यक्रम सकेर खाना खाने क्रममा ‘पत्रकारहरु झुठमुठको कुरा लेख्छन्' भन्दै आक्रोशित भएपछी स्थानीय पत्रकारसँग केहीवेर विवाद चलेको थियो ।

प्रतिक्रिया दिनुहोस्