विश्वकै कान्छी प्रधानमन्त्रीः समलिङ्गी आमाबाट जन्मिएकी मारिनको दुखदायी बालापन



एजेन्सी : फिनल्याण्डको नयाँ प्रधानमन्त्रीमा ३४ वर्षीया सना मारिन नियुक्त भएकी छिन् । उनी पूर्व प्रधानमन्त्री साउली निनीस्तोले पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री बनेकी हुन् ।

यातायात तथा सञ्चारमन्त्रीसमेत बनिसकेकी सना ३४ वर्षको उमेरमा नै प्रधानमन्त्री बनेर विश्वमै कान्छी प्रधानमन्त्री भएकी छिन् । यसअघि युक्रेनका प्रधानमन्त्री ओलेक्सी होन्चेरुक ३५ वर्षमा प्रधानमन्त्री भएका थिए ।

प्रधानमन्त्री पदमा नियुक्त भएपछि मारिनले भनिन्, ‘सधैँ विश्वास कायम गर्न धेरै काम गर्नुपर्छ ।’ उनले भनिन्, ‘मैले आफ्नो उमेर र लिङ्गको बारेमा कहिल्यै सोचिन । म केवल राजनीतिमा आउने कारण र मतदाताको आशा र विश्वासको बारेमा मात्रै सोच्ने गर्छु ।’

यता फिनल्याण्डमा भने यतिबेला राजनीतिक संकट व्याप्त छ । हुलाक सेवाका कर्मचारीको हड्ताल केही समयअघि मात्रै नोबेम्बर २७ मा सकिएको थियो । हुलाक सेवामा कार्यरत ७०० कर्मचारी हटाउने निर्णयपछि राजनीतिक संकटले उग्र रुप लिएको थियो । त्यसपछि कर्मचारी हटाउने निर्णय फिर्ता लिइएको थियो ।

को हुन् सना मारिन ?

सना मारिनको जन्म सन् १९८५ को नोभेम्बर १६ मा भएको थियो । उनी २०१५ मा संसद सदस्य र ६ जुन २०१९ मा यातायात तथा सञ्चारमन्त्री समेत भएकी थिइन् । उनले २०१२ मा सार्वजनिक प्रशासनमा स्नातकतहसम्मको अध्ययन गरेकी छिन् ।

टाम्पर शहरमा सन् २०१२ मा स्थानीय परिषदको चुनावबाट राजनीतिमा प्रवेश गरेकी मरिनले आफ्नो राजनीतिक यात्राको छोटो समयमै फिनल्याण्डको प्रधानमन्त्री बन्ने मौका पाएकी हुन्।
सन् २०१० देखि २०१२ सम्म सामाजिक लोकतान्त्रिक पार्टीमा मरिन उपसभापति भएकी थिइन्। ३० वर्षको उमेर उनी फिनल्याण्डका सासंदका रुपमा निर्वाचित भएकी थिइन्।

मरिन आमा र आमाकी गर्लफ्रेन्डबाट जन्मिएकी हुन्। यद्यपी उनकी आमा को हुन् भन्ने कतै खुलाइएको छैन। न्यून आर्थिक अवस्थाका मरिनका आमाहरूले मरिनलाई भाडाको कोठा बिताएका थिए।

प्रतिक्रिया दिनुहोस्