प्रेस स्वतन्त्रता हननका घटना बढे



काठमाडौं: नेपालमा प्रेस स्वतन्त्रताको अवस्था खस्किँदै गएको एक अध्ययनले देखाएको छ । फ्रिडम फोरमले निकालेको वार्षिक प्रतिवेदनअनुसार गणतन्त्रपछिको नेपालमा प्रेस स्वतन्त्रता खस्केको देखिएको हो ।

 

पछिल्लो ६ वर्षयता यस वर्ष नेपालमा प्रेस स्वतन्त्रता हननका घटना बढेको वार्षिक अध्ययन प्रतिवेदनमा उल्लेख छ । फोरमले गरेको अध्ययनमा सन् २०१८ मा ८९ वटा प्रेस स्वतन्त्रता हननका घटना भएका छन् । त्यसबाट २ सय २३ जना पत्रकार प्रभावित बनेको अध्ययनमा उल्लेख छ ।

 

गत वर्ष वर्ष २५ वटा प्रेस स्वतन्त्रता उल्लंघनका घटना भएका थिए । दुईतिहाइको बलियो सरकारले संविधान कार्यान्वयनको सिलसिलामै पत्रकारमाथि धरपकडलगायतका घटनाले प्रेस स्वतन्त्रता नराम्ररी प्रभावित हुँदै गएको उल्लेख छ ।

 

तीन तहको निर्वाचनपछि संघीय संरचना बनेका बेला सञ्चार माध्यमले स्वतन्त्र रूपमा काम गर्न नसकेको अध्ययनले देखाएको हो । सरकार सञ्चारमैत्री हुन नसकेको, सूचनामा अंकुश लगाएको उल्लेख छ । दण्डहीनताका कारण सञ्चारक्षेत्रमा आक्रमण भएको प्रतिवेदनले देखाएको नागरिकमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्