‘नेपाल–भारतबीचको सम्बन्ध नङ र मासुजस्तो छ’



विराटनगर : विराट साहित्य सङ्गमले नेपाल–भारत साहित्य समागम कार्यक्रम शुरु गरेको छ । यही मङ्सिर २६ गतेसम्म चल्ने सो साहित्य समागममा कृत्या कविता अभियान परिचर्चा, नेपाल–भारतका प्रतिनिधि कविता वाचन, स्वरसङ्गम सङ्गीतालयको साङ्गीतिक प्रस्तुति, हास्य कविता एवं सायरी प्रस्तुति, पुस्तक चर्चा ‘मै गुमनाम सी’, छन्द एवं गजल वाचनजस्ता विषय राखिएको छ ।

प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले कार्यक्रममा नेपाल–भारतबीचको सम्बन्ध नङ र मासुको जस्तै रहेको बताउनुभयो । नेपाल र भारतको सम्बन्ध बेटी रोटीसँग मात्र नभएर साहित्य र कलासँग पनि जोडिएको चर्चा गर्दै उहाँले यस्तो कार्यक्रमले दुई देशबीचको सम्बन्ध विस्तार गर्न सहयोग पुग्नेछ भने ।

भारतबाट नेपाल आउनुभएका साहित्यकारहरु प्राडा रति सक्सेना, डा सुनिल तनु, वैज्ञानिक प्रदीप कुमारले आफूहरुले नेपाललाई सधैँ माया गर्ने गरेको र नेपाल आएर आफूहरु निकै खुशी भएको बताए ।

कार्यक्रममा विराट साहित्य सङ्गमका अध्यक्ष ऋतु आशिकले दुई देशका स्रष्टालाई भेला पारेर गरिएको यस कार्यक्रमले साहित्यिक क्षेत्रमा योगदान पुग्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्