कालिकाेटमा सामूहिक बलात्कार गर्ने ८ जना पक्राउ : अाराेपीद्वारा अपराध स्वीकार



कालिकोट : एक युवतीमाथि सामूहिक बलात्कार भएको आरोपमा पक्राउ परेका आठैजनाले बलात्कार गरेको स्विकार गरेका छन्।

 

कालिकोटको खडाचक्र नगरपालिका–१० की १९ वर्षीय युवतीलाई बलात्कार गरेको आरोपमा असोज ९ गते राति पक्राउ परेका उनीहरुले बलात्कार गरेको स्विकारेको कालिकोटका डीएसपी विनोद शर्माले जानकारी दिए।

 

१० दिनको म्याद लिएर अनुसन्धान गरेको प्रहरीले शुक्रबार उनीहरुलाई अदालत उपस्थित गराउने भएको छ। 

 

उनीहरुले ती युवतीमाथि असोज ९ गते बेलुका ६ बजे धिमाल देवताको पैठको मेला हेरेर घर फर्किने क्रममा सामूहिक बलात्कार गरेका थिए। 

 

बलात्कारको आरोपमा प्रहरीले खडाचक्र नगरपालिका खडाचक्र–९ का २२ वर्षीय जीवन विक, २० वर्षीय नवीन विक, २० वर्षीय डिले विक, २१ वर्षीय सुवास विक र २० वर्षीय हर्ष विक, खडाचक्र–१० का १७ वर्षीय पर्व विक, १६ वर्षीय गोर्ख विक, १८ वर्षीय सर्जन विकलाई पक्राउ गरेको थियो। २ जना भने अझै फरार छन्।

 

अाराेपी सबै जनाले मादक पदार्थ सेवन गरेर बलात्कार गरेको अनुसन्धानबाट खुलेको छ।

 

उनीहरुमध्ये ३ जनाले बलात्कार गरिसकेको र बाँकीले बलात्कार गर्न लागेको अवस्थामा स्थानीय आएपछि भागेको प्रहरीले जनाएको छ। मेडिकल रिपोर्टमा पनि बलात्कार भएको पुष्टि भएको छ।

प्रतिक्रिया दिनुहोस्