‘हेड टु हेड च्यालेन्ज’ जित्दै अनुष्का पुगिन् शीर्ष ४० मा



काठमाडौं : मिस नेपाल वल्र्ड अनुष्का श्रेष्ठले लण्डनमा आयोजित मिस वर्ल्ड २०१९ को ६९ औं संस्करणमा नेपालको प्रतिनिधित्व गरिरहेकी छिन् ।

अनुष्काले दोस्रो चरणको ‘हेड टु हेड च्यालेन्ज’ प्रतिस्पर्धामा जित हासिल गर्दै मिस वर्ल्डको शीर्ष ४० मा पुगेकी छिन् ।

मंगलबार भएको हेड टु हेड च्यालेन्जमा अनुष्काले इन्डोनेसियाकी प्रतिस्पर्धी फ्रेड्रिक एलेक्सीस कलसँग प्रतिस्पर्धा गरेकी थिइन् ।

Image may contain: 1 person, smiling, on stage, dancing, standing, night and indoor

अनुष्कासँगै अन्य १० देशका सुन्दरीले हेड टु हेड च्यालेन्ज जितेका छन् जसमा मोल्डोभा, भेनेजुएला, नाइजेरिया, मेक्सिको, फिलिपिन्स, गुयाना, भारत, ट्रिनिड्याड एण्ड तोबागो र प्याराग्वे रहेका छन् ।

मिस वर्ल्डको फाइनल यही डिसेम्बर १४ तारिखका दिन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्