‘न्यु इयर इभ’ मनाइरहँदा विस्फोट, सातको मृत्यु, ३६ बढी बेपत्ता



काठमाडौं: रुसको माग्नितोगोर्स्क शहरको एक भवनमा नयाँ वर्ष मनाइरहेको बेला विष्फोट हुँदा कम्तीमा सात जनाको मृत्यु भएको छ भने ३६ जना बेपत्ता भएका छन् ।

 

५० भन्दा बढीलाई उद्धार गरिएको छ । १०० तले सो भवनमा ग्यास विष्फोट हुँदा ४८ वटा फ्ल्याट क्षतिग्रस्त भएका छन् । रुसी समाचार च्यानल वेस्तीले भवनको भग्नावशेषबाट ५० जनालाई उद्धार गरिएको जनाएको छ ।

 

रुसको यो क्षेत्रमा न्यूनतम तापक्रम माइनस १७ डिग्री सेल्सियस रहेकाले उद्धारमा समस्या देखिएको छ । 

प्रतिक्रिया दिनुहोस्