मुसिकोटका मेयर भन्छन् –बेरुजु पनि छैन, भ्रष्टाचार पनि छैन



गुल्मी : गुल्मीको मुसिकोट नगरपालिकाले बेरुजु देखिएको भन्दै विभिन्न संचारमाध्यममा आएको समाचारप्रति आपत्ति जनाएको छ । नगरपालिकाले एक प्रेस विज्ञप्ती जारी गर्दै महालेखा परीक्षकको वार्षिक लेखापरीक्षण प्रतिवेदन २०७५ मा आर्थिक वर्ष २०७४र०७५ को लेखापरिक्षण प्रतिवेदन अनुसार बेरुजु रकम ४ करोड ३४ लाख १ हजार ४२० भएको भन्ने कुरा निराधार रहेको बताएको हो । नगरपालिकाले गत वर्षको वेरुजु फस्र्यौट भैसकेको जानकारी गराएको छ ।नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाले मुसीकोट नगरपालिकामा अहिले बेरुजु नभएको दाबी गर्दै नगरपालिकामा भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलता अपनाएको बताए । उनले नगरपालिकामा भ्रष्टाचार नभएको बताउदै एक पैसा पनि भ्रष्टाचार गरेको देखाए आफूले राजिनामा दिने घोषणा पनि गरेका छन् ।

नगरप्रमुख सोमनाथ सापकोटा द्धारा हस्ताक्षरीत विज्ञप्तीमा सामाजिक सुरक्षा भत्ता वितरणका लागि दिइएको पेश्की २ करोड ७५ लाख ७२ हजार ८ सय गत श्रावणमै फस्र्यौट भएको, योजना सञ्चालनका लागि नियमानुसार दिइएको पेश्की ९८ लाख ५९ हजार १ सय ५३ रुपैया विकास आयोजना सम्पन्न हुँदा पूर्ण फस्र्यौट हुने, नियमित गर्नुपर्ने ५२ लाख ९१ हजार ६ सय ६९ रुपैया थप प्रमाण सहित सम्परीक्षण पश्चात रुजु हुने र असुल गर्नुपर्ने ६ लाख ७८ हजार ६ सय ९८ रुपैया असुल उपर गरिसकिएको जनाएको छ ।

विज्ञप्तीमा यस आर्थिक वर्षको लेखापरीक्षण भैनसकेकोले सम्परीक्षण नगरीएको, वेरुजुहरु फस्र्यौट भैसकेको तर सम्परीक्षण गर्न वाँकी रहेको तथा यस आर्थिक वर्ष २०७५र७६ को लेखा परीक्षण भई समयमै रुजु हुने बताइएको छ।

सुशासन प्रवद्र्धनका लागि नागरीक सञ्जाल गुल्मीले गत सोमवार प्रमुख जिल्ला अधिकारी समक्ष जिल्ला भरका सरकारी कार्यालयहरुको आर्थिक अवस्था
समेटेर प्रतिवेदन बुझाएको थियो। सो प्रतिवेदनले केहि अन्योलता सिर्जना गरेको भन्दै नगरपालिकाले विज्ञप्तिमार्फत प्रष्टीकरण दिएको हो ।

प्रतिक्रिया दिनुहोस्