भावी प्रधानसेनापतिको सम्पत्ति : साढे दुई तले घर, २० रोपनी जग्गा



काठमाडौ : पूर्णचन्द्र थापापछि नेपाली सेनाको प्रधान सेनापतिको रोलक्रममा रहेका उपरथी प्रभुराम शर्माले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्।

उनको सम्पत्ति विवरणअनुसार काठमाडौँ नागार्जुनमा ६ आनामा साढे दुईतले घर रहेको छ भने करिब २० रोपनी जग्गा छ। काठमाडौँका रैथाने शर्माले विवरण सार्वजनिक गर्दै साढे १३ तोला सुन, विभिन्न बै‌ैकमा १९ लाख रुपैयाँ र ४७ हजार अमेरिकी डलर रहेको बताएका छन् ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले आर्थिक पारदर्शिताका लागि भन्दै आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेपछि केही अधिकारीहरुले पनि विवरण सार्वजनिक गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्