संसद अधिवेशनको अध्यक्षता महन्थ ठाकुरले गर्ने



काठमाडौ : सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी पुस ४ गते प्रतिनिधि सभाको बैठक आह्वान गरेकी छन् ।

प्रतिनिधिसभाको वैठकको पहिलो एजेण्डा नै सभामुख चयन भएकोले त्यस अघि नै उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिनुपर्नेछ । पूर्वसभामुख सुवाचन्द्र नेम्वाङलाई भेटेर कुरा गरेपछि तुम्बाहाम्फे राजिनामा दिने मुडमा रहेको पनि बुझिएको छ ।

यसरी उपसभामुख तुम्बाहाम्फेले राजिनामा दिएको अवस्थामा बैठक संचालनका लागि प्रतिनिधिसभामा जेष्ठ सदस्यको खोजी हुनेछ। प्रतिनिधसभाका सदस्यहरुमध्ये नागरिकताअनुसार राजपाका महेन्द्रराय यादव जेष्ठ सदस्य हुन्। तर यादवका विषयमा विवाद रहेको छ ।

उनको नागरिकतामा उल्लेख भएको जन्ममिति गलत भएको पाइएपछि विवाद भएको हो । यसअघि पनि जेष्ठ सदस्यका रुपमा वैठक संचालन गर्दा उनको नाम आएको थियो । तर विवाद भएपछि उनी वैठकमा अनुपस्थित भएका थिए । त्यसपछि ७५ वर्षे महन्थ ठाकुरले जेष्ठ सदस्यको हैसियतमा प्रतिनिसभाका सदस्यहरुलाई शपथ गराएका थिए ।

यसपटक पनि जेष्ठ सदस्यका रुपमा उनैले सभामुखको चयन गर्ने प्रक्रियाको अध्यक्षता गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्