जाडोमा किन बढ्छ जोर्नीको दुखाई ?



डाक्टरहरुका अनुसार तापमानको कमीका कारण जोर्नीहरुको नशा खुम्चिन्छ र त्यो ठाउँमा रगतको तापमापन पनि कम हुन्छ जसकाकारण जोर्नीहरु दुख्ने समस्या बढ्दै जान्छ ।

जाडो सुरु हुनासाथ बुढापाकाहरुको जोर्नीको दुखाईको समस्या अझ बढी देखिनथाल्छ । डाक्टरहरुका अनुसार, केही सावधानीहरु अपनाएर यस समस्यालाई समाधान गर्न सकिन्छ ।

कानपुर मेडिकल कलेजका प्राचार्य अस्थि रोग विशेषज्ञ डा. आनन्द स्वरुपले आएनएनएसलाई भने, ‘जाडो मौसममा हाम्रो मुटु नजिक रगतलाई तातो बनाइराख्न आवश्यक हुन्छ । जब छाला चिसो हुन्छ अनि दुखाईको असर धेरै महसुस हुन्छ । यस दुखाईलाई वैज्ञानिक भाषामा आर्थराइटिस भनिन्छ ।’

स्वरुपले भने, ‘आर्थराइटिसले धेरैजसो ४० वर्षभन्दा माथिका मानिसहरु अझ विशेषगरी महिलाहरुलाई धेरै प्रभावित पार्दछ । रुमेटाइड आर्थराइटिसमा जोर्नीहरुसँग शरीरको कुनै दोस्रो अंग वा पूरा शरीर पनि प्रभावित हुन्छ । हात खुट्टाको जोर्नीमा दुखाई, सुन्निनु, मांसपेशी कमजोरी, जोरो आदी यसको लक्षण हो ।’

उमेरसँगै हड्डीबाट क्याल्शियम र अन्य खनिज पदार्थको क्षय हुँदै जान्छ ।

बिहानको हल्का घामलाई भिटामिन डी को एक राम्रो स्रोत मानिन्छ । कतिपय अध्ययनमा यो कुरा साबित पनि भइसकेको छ । जाडो दिनमा यदि भिटामिन डी भरपुर मात्रामा लिइयो भने कम्मरको दुखाई र जोर्नीको दुखाइ धेरै नै कम हुन्छ । घामले हाम्रो शरीरको प्रतिरोधक क्षमतालाई पनि बढाउँछ । घाममा बस्नाले रक्तशोध बढ्छ र जोर्नीको दुखाई साथै सुन्निने समस्याबाट मुक्ति मिल्छ ।

जोर्नीको दुखाई कम गर्नका लागि महत्वपूर्ण आसन वा योग जस्तै गिद्धासन वा प्राणायामले सहयोग गर्छ । धेरै समयसम्म लगातार एउटै कुर्सी र कम्प्यूटरको अगाडि बस्दा बस्दा तपाईहरुको जोर्नी दुख्ने, बाउडिने हुन थाल्छ त्यसैले आफ्नो जोर्नीका लागि थोरै भएपनि समय निकाल्नु आवश्यक देखिन्छ ।

खानपिन, मर्निङ वाक, कसरतले जोर्नीलाई बलियो राख्न मदत गर्छ । बिरामिले विशेषज्ञको रेखदेखमा नै एक्सरसाइज गर्दा राम्रो हुन्छ । अफिसमा हरेक आधा घन्टा वा एक घन्टामा सिट छोडेर सात मिनेटका लागि घुम्नुहोस् / हिड्नुहोस् । शरीर तन्काउनुहोस् । महिलाले धेरै अग्लो हिल भएको स्यान्डिल नलगाउनुहोस् । यसले घुँडा, पिडौला साथै कम्मरमा पनि असर गर्दछ ।

आजतकबाट

प्रतिक्रिया दिनुहोस्