बिग ब्यास लिगमा सन्दीपले आज चौथो खेल खेल्दै



काठमाडौं : अष्ट्रेलियामा जारी बिग ब्यास क्रिकेटमा नेपाली युवा बलर सन्दीप लामिछाको टोली मेलवर्न स्टार्सले आज मेलवर्न रेनगार्डससँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयअनुसार मंगलबार दिउँसो २ बजे मेलवर्नमा हुनेछ । 

सुरूवाती दुई खेलमा पराजित भएको मेलबर्न स्टार्सले तेस्रो खेलमा जित निकालेको थियो ।

सन्दीपले पहिलो खेलमा सिड्नी थन्डर्सका दुई विकेट हात पारे । होर्वाट हुरिकेन्सविरुद्ध दोस्रो खेलमा उनले तीन विकेट लिए । तेस्रो खेलमा सिड्नी सिक्सर्सविरुद्ध दुई विकेट लिएका सन्दीप जारी प्रतियोगितामा अहिलेसम्मका सर्वाधिक विकेट लिने खेलाडी बनेका छन् ।

पछिल्ला तिनै खेलमा सन्दीपको अर्को एउटा संयोग पनि बनेको छ। सबै खेलमा पुरै ओभर बलिङ गरेका सन्दीपले तिनै टिमका कप्तानलाई पेवेलियन फर्काइदिएका छन् ।

प्रतिक्रिया दिनुहोस्