जंगली हात्तीको आक्रमणमा परी दुई महिलाको मृत्यु, पाँच घाइते



कञ्चनपुर : हात्तीको आक्रमणमा परी कञ्चनपुरमा दुई महिलाको मृत्यु भएको छ भने पाँ जना घाईते भएका छन् । आज बुधबार बिहान हात्तीको आक्रमणमा परी महाकाली नगरपालिका–२ चाँदनीका ५० वर्षीया भूरी साउदको घटना स्थलमै र चाँदनीकै ४२ बर्षिया विष्ना भट्टको अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।

जंगली हात्ती धपाउने क्रममा हात्तीले आक्रमण गर्दा दुई महिलाको मृत्यु जनाएको छ ।

घाइतेलाई को दोधाराको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि थप उपचारका लागि भारत रेफर गरिएको छ । घाइते हुनेमा चाँदनीकी २२ वर्षीया सरस्वती ओझा, २० वर्षीया कमादेवी साउद, ३२ वर्षीया गोमती भट्ट र नाम नखुलेका दुई जना रहेका छन् ।

इलाका प्रहरी कार्यालय दोधाराका इन्चार्ज प्रहरी निरीक्षक चेतराम पनेरुले अन्य घाइतको खोजीकार्य गर्न र हात्ती धपाउनका लागि प्रहरी परिचालन गरिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्