यस्ता छन् दाह्री–जुँगाका अहिलेका चलेका स्टाइल



आजभोलि विशेषगरी सेलेब्रिटीले दाह्री–जुँगा राख्छन् । त्यस्तै, फेसनप्रति कन्सियस आमपुरुषले पनि स्टाइल–स्टाइलका दाह्री–जुँगा राख्न थालेका छन् । अझ, कर्पोरेट हाउसको पनि दाह्री–जुँगाप्रति आकर्षण बढेको छ ।

दाह्री–जुँगाको स्टाइल मानिसको लाइफ स्टाइलमा र प्रोफेसनमा पनि भर पर्दछ । जस्तै, नेपालमा चाहेर पनि आर्मी–पुलिसका अफिसरहरूले दाह्री पाल्न सक्तैनन् । जुँगा पाल्न भने उनीहरूलाई छुट छ । अब जानौँ हाल नेपालमा कुन–कुन दाह्री–जुँगाका स्टाइल चलेका छन् भन्ने :

फुल बियर्ड

यो कटमा दाह्री–जुँगा पूरै राखिएको हुन्छ । चिउँडोतिर झरेको जुँगा छोटो हुन्छ । तर, चिउँडोको दाह्री भने अलि लामो हुन्छ । करिब ९६ प्रतिशतको फेसिलस स्ट्रक्चर स्क्वायर फिटमा हुन्छ । लाम्चो फेस हुनेले यस्तो स्टाइल राख्दा गाला अलि सानो देखिन्छ । त्यो राम्रो पनि देखिन्छ ।

फ्रेन्च कट

फ्रेन्च कट पुरानो कट हो । यो कटमा चिउँडोसम्म दाह्री तथा जुँगा हुन्छ । यो म्याचुअर्ड मान्छेले राख्ने हो । यसले नेतालाई सुहाउँछ । यो उमेर बढी भएकाले राख्ने स्टाइल हो । तर, पछिल्लो समयमा युवा पनि यसप्रति आकर्षित भएका छन् । भर्खरका केटाले यो कट नराख्दा राम्रो । किनकि, यसले उमेरभन्दा बूढो देखिन्छ ।

रोयल कर्भ

रोयल कर्भ पुराना राजा–महाराजाहरूले जुँगा राख्ने स्टाइल हो । अहिले आएर यो स्टाइलप्रति धेरै आकर्षित भएका छन् । हाई प्रोफाइलवाला र बिजनेसम्यानले यो स्टाइल बढी मन पराएको पाइन्छ । पुलिस–आर्मी अफिसरलाई राम्रो देखिन्छ । युवाले भने शून्य दशमलव पाँच (अलि छोटो) राख्दा राम्रो देखिन्छ ।

-नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्